Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमाथि प्रचण्डको हमला : ‘भाषण गरेरमात्रै हुँदैन, परिणाममुखी काम गर्नुपर्छ’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब भाषणबाजीमात्रै गरेर समय खेर फाल्न नहुने भन्दै परिणाममुखी काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले परिणाममुखी विकासका काम गर्न नसके जनताले कम्युनिष्टलाई अर्को चुनावदेखि नपत्याउने बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘बहुमत, सक्षम नेता र कार्यकर्ता, जनता र प्रतिपक्षको साथ हुँदा पनि परिणाममुखी काम नगरेर भाषण मात्रै गर्ने हो भने जनताले कम्युनिष्टको विकल्प खोज्छन ।’

दाहालले विकास गर्न नसके जनताले कम्युनिष्टलाई पत्याइराख्नुपर्ने कारण नहुने पनि बताए ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्