Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइक्रोबसमा यात्रा गरिरहेकी महिलाको झोला चेक गर्दा प्रहरी नै चकित

काठमाडौं : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक महिला पक्राउ परेकी छिन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेकी २६ वर्षीया पवित्रा बिसी (विष्ट) लाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) बसन्त रजौरेले जानकारी दिएका छन् ।

बीरेन्द्रनगर नगरपालिका–१२ बस्दै आएकी बिसी शनिवार बिरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चोकीले चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट सेतो कागजमा पोको पारेको अवस्थामा २ ग्राम ६१० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएपछी प्रहरी चकित परेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पवित्रा र उनको श्रीमान समेत लागू औषध कारोबारी भएको खुल्न आएको छ । एसपी रजौरेका अनुसार पवित्राको श्रीमान पनि लागूऔषध कारोबार मुद्धामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् ।ब्राउन सुगरको कारोबारमा संलग्नहरुलाई ५ बर्षदेखी १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । पवित्राबारे लागूऔषध मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको बताईएको छ ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्