Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुद्धारा ११ वर्षीया छोरी बलात्कार, छोरीको गर्भ बसेपछि आफैद्वारा फाँसीको माग

ललितपुर : आजभोलि दिनहुँ जसो बलात्कारका घटना सुन्न थालिएको छ। तथ्याङ्कका अनुसार पछिल्लो चार महिनाको अवधिमा देशभर हरेक दिन तीन जना बलात्कृत हुँदै आएका छन् ।

बलात्कार पनि यस्तो हुन थालेको छ, सुन्दै पनि अचम्म अचम्म लाग्ने । ६ वर्षीया बालिकादेखि ८० वर्षीया बुद्धसम्म बलात्कृत हुने गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरीमा श्रीमती विदेश गएकी बेला बुबाले आफुलाई पटक-पटक बलात्कार गर्दै आएको खुलेको छ  ।

बुबाले आफूले पटक-पटक आफ्नै छोरीलाई बलात्कार गरेको स्वकार गरेका छन् ।  उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’ यो घटना सत्य साबित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गत सोमबार यस्तो फैसला सुनाएको हो ।

श्रीमती ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्दै आएका थिए । आमा विदेश गएपछि बुबाले डर त्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको छोरीले बताएकी छिन् ।

बुबाले गर्भवती छ/छैन भनी पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । छोरीको गर्भवती रहेको कुरा थाहा पाएपछि गर्भमा रहेको बच्चा फाल्न फकाई फुलाइ चाबहिलको सम्राट् पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि यो घटना खुलेको हो ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्