Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका सुपरस्टार सलमान खानका भाई बने छोरीको बाबु

एजेन्सी : बलिउडका सुपरस्टार सलमान खानका भाई छोरीको बाबु बनेका छन् । नायक निल नितिन मुकेशले आफ्नी छोरीको पहिलो तस्विर सार्बजनिक गरको हुन् । यस समयमा निल छोरीलाई काखमा लिएको अवस्थामा पत्नीसँगै देखिएका छन् ।

निलकी पत्नी रुक्मिणी सहायले तीन दिन पहिला ब्रीच कैँडी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । यसभन्दा अगाडि अप्रिलमा निल नितिन मुकेशले इस्टाग्राममा फोटो शेयर गरेर बतायका थिए कि हामी छिट्टै तीन जना हुनेवाला छौँ ।

छोरीको पहिलो तस्विर देखाउँदै निलले उनको नाम पनि खुलासा गरेका छन् । निलले ट्विट गर्दै बताए अनुसार उनकी छोरीको नाम नूरवी राखिएको छ । नूरवीको नाम निल र पत्नी रुक्मिणीको नाम मिलाएर राखिएको हो । निल सलमान खानका आफ्नै भाई नभएर अनस्क्रीन भाई हुन् ।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्