Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको टाउको काटेर फुटबल खेल्नुपर्छ : सावित्रि सुवेदी

काठमाडौं : चर्चित सामाजिक अभियान्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन ।

विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासि, भष्ट्रचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छन् ।

उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।

नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ ।

 

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्