Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्सारी हत्याको विरोधमा भुटाहा बन्द, गृहमन्त्री स्वंय नआएसम्म शव उठ्न नदिने अडान (भिडियो सहित)

प्रदेश नम्बर १ स्थित सुनसरीको रामनगर भुटाहा बजारमा बिहिबार भएको हत्या घटनाको विरोधमा स्थानियले बजार बन्द गरेका छन् । शान्ती-सुरक्षाको प्रत्याभुत नभएको भन्दै भुटाहा बजारमा प्रर्दशन समेत गरिएको छ । सुनसरीको हरिनगर गाउँपालिका अन्तरगतको भुटहाका समाजसेवी तथा राजनीतिकर्मी खुर्शिद अन्सारीको हत्या भएको हो । दिउसे साढे १२ बजे भुटहा बजारमा अज्ञात व्यक्तिहरूले गोली हानी उनको हत्या गरेको हो ।

गृहमन्त्री स्वंय नआएसम्म शव उठ्न नदिने अडान

यता, काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा ओलमाहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका छन् । पुर्व सांसद तथा मन्त्री जाकिर हुसैनको नेतृत्वमा गृहमन्त्रालय पुगेका प्रतिनिधि मण्डलले घटनास्थलमा गृहमन्त्री स्वयं नै उपस्थित हुनुपर्ने माग समेत गरेका छन् ।

उक्त प्रतिनिधि मंण्डलले गृहमनत्री स्वंय भुटाहा गएर मृतकका परिवार र आम जनतालाई आश्वस्त नपारेसम्म लाशलाई पोष्टमार्टममा जान नदिने र लाशसमेत न बुझ्ने अडान लिएका हुन् । ‘भुटहामा आक्रोशपूर्ण माहौल बनेको छ, शान्ति सुरक्षाका धेरैवटा प्वाइन्टहरू घटनास्थलको वरिपरि रहेर पनि बिहारी नम्बर प्लेट र अर्को बिना नं.प्लेटका दुई मोटरसाइकलमा सवार हत्याराहरूले भुटहा जस्तो व्यस्त बजारमा फायर गरी मान्छे मारेर सजिलै भाग्न सफल हुनु सामान्य घटना होइन ।’ उक्त प्रतिनिधि मंडलले गृहमन्त्री समक्ष भने ‘तपाई स्वंय त्यहाँ उपस्थित भएर आश्वस्त पार्नुपरो, अन्यथा हामि शव उठ्न दिन्नौं’ ।

उनीहरुले स्थानीय प्रशासनको भूमिकामाथि समेत आम जनताले अविश्वास व्यक्त गर्दै सडकमा आक्रोश पोखिरहेका बताएका थिए । जवाफमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको र आवश्यक कारवाही हुने आश्वासन दिएका छन् । मृतक इस्लाही पूर्व नेकपा एमालेका जिल्ला सल्लाहकार थिए । उनी ए्क नीजि स्कुलका सञ्चालक पनि हुन् ।

साविकको वडा नम्बर ४ हाल २ निवासी अन्सारीको हत्या भने बिहिबार दिउसो भूटाहा बजारमा भएको हो । हरिनगर गाँउपालिकाका प्रमुख गफ्फार अन्सारीले घटनाको अनुसन्धान भइरहेको बताए । उक्त समुहले चलाएको गोली लागेर अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । गोली हानेर उक्त समुह भाग्दै गर्दा स्थानिय प्रहरीले घुस्की स्थित घेराउ गर्ने प्रयास गरेका थिए । तर कसैलाई पक्राउ भने गर्न सकेनन् ।

गाँउपालिका प्रमुख अन्सारीका अनुसार सोही समुहको गोली लागेर एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरी जवान शिवलाल पौडेलको थप उपचारका लागि बिराटनगर लगिएको छ । उनको छाती र पाखुरामा गोली लागेको छ । भारतबाट आएको हतियारधारी समूहले उनको हत्या गरेको हुन सक्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिनगर समितिका उनी प्रवक्ता हुन् । भुटाहा स्थित रैयान नेशनल पब्लिक स्कुलका संचालक समेत हुन् ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको हत्या गरि भुटाहा बजारको दक्षिणी मार्ग ९भूटाहा–घुस्की० हुँदै भागेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले हतियारधारी समुह भारत तर्फ भागेको बताए । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको उनले बताए । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिएको जानकारी अनुसार भारतीय नम्बर प्लेटको पुरानो मोटरसाइकलमा आएका उक्त समुहले गोली चलाएका हुन् । गोली लागेर अन्सारीको घटनास्थलमै ज्यान गएको हो । आफूहरु अहिले घटनास्थलमा रहेको र घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

हेर्नुस भुटाहाको ताजा अवास्था भिडियोमा : 

हेर्नुस तस्विरहरु : 

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्