Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा लिम्बुवानले पनि मनाए कालो दिवस : पहिचान सहितको संघीयता माग

नेपाल संघीय लोकतान्त्रीक राष्ट्रिय मंञ्च र संघीय लिम्बुवान मंञ्चले संबिधान दिवसलाई कालोे दिनको रुपमा मनाएको छ । २०७२ मा जारी संबिधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई आज लिम्बुवानहरुले कालो दिनको रुपमा बिरोध गरेका हुन् ।

प्रदेश १ लाई लिम्बुवान राज्य बनाउनु पर्ने र संबिभानको धारा २७४ खारेज हुनु पर्ने लिम्बुवानहरुको माग रहेको छ । प्रदेश १ भरिका लिम्बुवानहरु इटहरीमा भेला भएर दिवसको बिरोध गरेका हुन । इटहरीमा निस्कीएको बिरोध जुलुसले नगर परिक्रममा गरी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल संघीय लोकतान्त्रीक राष्ट्रिय मंञ्चका अध्यक्ष कुमार लिङदेनले जातिय आधारमा प्रदेशको संघीयता कायम नभए देश द्धन्दमा जाने चेतावनी दिए । प्रदेश शब्द हटाई पहिचानको आधारमा ११ वटा राज्य कायम गर्नुपर्ने लिङदेनको भनाई छ । सरकारले लिम्बुवानको आवाज नसुने सरकार बिरुद्ध बिद्रोह समेत गर्न सक्ने बताए ।

नेपालको इतिहाससँग जोडिएको लिम्बुवान, मगरात, शेर्पा, नेवार, थारु, धिमाल आदीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने अध्यक्ष लिङदेनको भनाई थियो । आजकै दिन जारी गरिएको संबिधान ८० प्रतिशत जनताको हित विपरीत भएको लिम्बुवानका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्