Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख महराले भने : पत्रकार सत्य, निश्पक्ष र स्वतन्त्र बन्न सक्नुपर्छ

काठमाडौं :  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदमार्फत सम्पूर्ण जनताका हकअधिकारहरु सुरक्षित हुनेगरि विद्येयक ल्याउन र पारित गर्न सरकारलाई आग्रह गरेका छन् । ‘नयाँ पाईला मिडिया प्रालीले सञ्चालनमा ल्याएको नयाँपाईलाडटकम अनलाईन पत्रिकाको काठमाडौंको बानेश्वरस्थित् अल्फाबिटामा आज शुभारम्भ गर्दै भामुख महराले यस्तो बताएका हुन् ।

उनले भने,‘नयाँ पाईला आँफैमा जागरुक शब्द वाक्य हो, जुन शब्दले समाजलाई गतिशिल र प्रगतिशील बनाउनमा ठूलो भूमिका खेल्छ, आजभन्दा १० वर्ष पहिले र अहिलेका लजिकहरुमा समानता खोज्नु हुँदैन, हिजो र आजमा धेरै भीन्नता छ, भोलीका दिनहरुमा पनि फरक हुँदै जान्छन् ।’

पछिल्लो समय गत भदौ १ गतेबाट जारी भएको मुलुकी आचारसंहितालाई लिएर सरकार र पत्रकारहरुकाबीचमा केही तितोपना आएको बताउँदै सभामुख महराले पत्रकारहरु सत्य, निश्पक्ष र स्वतन्त्र रहनुपर्नेमा जोड दिए ।

उनले भने,‘आजभन्दा १० वर्ष पहिले सञ्चारमन्त्री हुँदा पनि मैले भनेको थिएँ, अब विचारभन्दा पनि देश र समाजको मुखपत्र भएर नेपाली पत्रकारिता अघि बढ्नुपर्छ, आजको दिनमापनि केही विचार र भीजन मुद्दासहितको पत्रकारिता हुनुपर्छ । र, जारी यो स्थिति हटेर पत्रकारिता विशुद्ध जनता र मुलुकप्रति समर्पित हुनुपर्छ ।’

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्