Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#JusticeForNirmala : प्रधानमन्त्री समक्ष निर्मलाका बुवाआमाले लगाए न्यायको गुहार

काठमाडौँ : बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवाआमाले प्रधानमन्त्रीलाई भेटेका छन् । भेटमा उनीहरुले छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिएका छन् ।

छोरीको न्यायका लागि काठमाडौँ आएका निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले सोमबार बिहान बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । साथमा नेता भिम रावल, मन्त्री विना मगर लगायतका पनि थिए ।

प्रधानमन्त्री ओलीले दोषी जो कोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने प्रतिबद्धता जनाएका हुन् । यसकै लागि प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनेका छन् ।

निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा त्यो क्षेत्रका नेताहरु पनि गएका थिए ।प्रधानमन्त्री र उनीहरुबिच झण्डै एक घण्टा छलफल भएको हो ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्