Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानी राखौं : विश्वकर्मा बाबाको पुजा कसरी र किन गर्नै पर्छ ?

काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआर्जा गरी विश्वकर्मा दिवस मनाइन्छ । धातुका विभिन्न सामानबाट बनेका औजार,मेसिन,गाडीहरूलाई धोई पखाली सफा गरि विशेष रुपमा विश्वकर्मा बाबाको पुजा गरिन्छ फलस्वरूप हामीलाई ती धातुका सामानहरु प्रयोगमा कुनै समस्या नभई फाइदा हुने विश्वास गरिन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा छ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

हरेक वर्षको असोज १ गते विश्वकर्मा पूजा गर्ने चलन छ । आफूले प्रयोग गरेका औजारलाई पूजा गर्नाले ती औजारबाट हुने हानीमा कमी आउने धार्मिक विश्वास छ ।

विश्वकर्मा पूजा गर्नाले प्राकृतिक शक्ति मिल्नुको साथै कामकाजमा आईपर्ने सम्पूर्ण बाधा अड्चन टाढा हुने विश्वास छ । विश्वकर्मा पुजा आफ्नो राशीअनुसार गर्नु अझ प्रभावकारी हुन्छ ।

विश्वकर्मा पूजाः कुन राशीले कसरी गर्ने ?

मेषः मेष राशीको स्वामी मंगल उच्च स्थानमा छ, जसको कारण विश्वकर्मा पूजा गर्नु विशेष लाभदायी हुन्छ । त्यसदिनलाई शुभ बनाउन पहेँलो रङको कपडा लगाएर पूजाा गर्नुहोस् ।

बृषः बृष राशी हुने साथीहरुले विश्वकर्मा जप पाठ गरेपछि श्री कुबेरको ११ माला जप गर्नु राम्रो मानिन्छ । यसबाट अढैय्या शनीको प्रभाव घटेर जान्छ ।

मिथुनः मिथुन राशी भएकाहरुले हरियो रङको कलश स्थापना गरेर पूजा गर्नु उत्तम मानिन्छ । भगवान गणेशको शतनामको पाठपछि विश्वकर्मा पूजा गरेर गरिबलाई केरा बाँड्दा पूजा अझ प्रभावकारी हुनजान्छ ।

कर्कटः कर्कट राशी हुनेहरुको लागि यो वर्ष सबै प्रकारले राम्रो परिणाम दिनेछ । पूजापछि गरिबलाई सेतो अन्न दान गर्दा शुभ हुन्छ ।

सिंहः बिहान स्नान गरेपछि भगवान भास्करलाई जल चढाउनुहोला । जलमा तिल र रातो फूल राख्न नबिर्सनुहोला । यस्तो गर्नाले विश्वकर्मा पूजा मंगलकारी हुनेछ ।

कन्याः कन्या राशी हुनेहरुको लागि विश्वकर्मा पूजाको दिन चन्द्रमा लाभमा रहन्छ । जसकारण पूजाबाट सबै मनोकामना पूरा हुन्छ र कामकागमा समेत वृद्धि हुनेछ । नयाँ रोजगारी पनि प्रारम्भ हुनेछ ।

तुलाः तुला राशी भएकाहरुलाई निर्माण यन्त्रबाट बिशेष लाभ हुने योग छ । विश्वकर्मा पूजाबाट यो राशीकहरुलाई बिशेष गर्छन् ।

बृश्चिकः बृश्चिक राशी भएका मानिसलाई विश्वकर्मा पूजाले कार्यक्षेत्रमा सफलता दिनुको साथै विदेशबाट सम्बन्धित ब्यवसायमा नयाँ ढोका खुल्नेछ । पूजाको समयमा कलश स्थापना गरेर रातो रङको रंगोलीले सजाउनुहोस् ।

धनुः पूजाको समयमा चन्द्रमा धनु राशी भएका साथीमा हुनेछ । बृहस्पति राशीबाट लाभ भाव आएर पुरानो सबै बाधालाई समाप्त पार्नेछ । विश्वकर्मा पूजाको बिशेष लाभ पाउनको लागि श्री गणेश, महादेव र गौरीलाई वस्त्र चढाउनुहोस् ।

मकरः गएको बर्षको संघर्ष र कठिनाईबाट मुक्ति पाउनको लागि यसवर्ष विधिवत रुपमा विश्वकर्मा पूजा गर्नुहोस् । यसका साथै पवित्र गायत्री मन्त्रले कलकारखाना र औजारको पनि सफाई गर्नुहोस् ।

कुम्भः कुशको आसनमा बसेर पूजा गर्नु उचित हुन्छ । पारिजातको फूललाई विश्वकर्मालाई अर्पण गर्नुहोस् । यसो गर्नाले नकारात्मक शक्ति समाप्त हुनेछ ।

मीनः मीन राशी भएकाहरुको नकारात्मक समय अझै सकिएको छैन । तर यसपटक विश्वकर्मा पूजा–आराधना गरेर विश्वकर्माको साथमा श्री नारायणको आर्शिवाद ग्रहण गर्नुहोस् ।

 

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्