Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक साता नवित्दै वायुसेवा निगमको अर्को जहाज पनि भयाे ग्राउण्डेड

काठमाडौं : एक साता नवित्दै नेपाल वायुसेवा निगमको अर्को जहाज पनि ग्राउण्डेड भएको छ । वायुसेवा निगमको नयाँ एयरबस ३३० ‘मकालु’ कलसाइन ‘एकेएल’ बिहीबार ग्राउण्डेड भएको हो ।

तर नेपाल वायुसेवा निगमले भने ग्राउन्डेड भएको दुई वटै जहाज सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । विहीबार ग्राउण्डेड मकालु एयरबस ए ३३० शनिबार साँझ र चरा ठोक्किएर ग्राउन्डेड भएको सगरमाथा ए ३२० आइतबार साँझ सम्ममा सञ्चालनमा आइसक्ने बताइएको छ ।

एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले एयरबस कम्पनीसंग परामर्शपछि मर्मत कार्य शुरु गरिएको जानकारी दिनुभएको छ । विहीबार दिल्लीबाट काठमाडौं आएको मकालु जहाज दिउँसो अवतरण भएसँगै (डेन्ट) कोरिएको पाइएपछि ग्राउन्डेड गरिएको थियो ।

यस्तै, गत साता विहीबार चरा ठोकिएर सगरमाथा पनि ग्राउन्डेड भएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको सहकार्यमा जहाजमा पुगेको क्षतिको अध्ययन गरेर निगमले एयरबस ३२० निर्माता कम्पनीलाई विवरण पठाएको थियो ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्