Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब उदयपुर प्रहरीको हतकडीमा ‘प्रकाण्ड’, विस्फोटक पदार्थ सम्बन्धी मुद्दा

उदयपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताएका छन ।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्