Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतृत्वले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्नुपर्छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको पनि स्पष्ट पारे ।बिहिबार काठमाडौंमा लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन गर्दै उनले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौती रहेको पनि बताए ।

उनले समाजमा विद्यमान चुनौतिलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आह्वान गरे । अध्यक्ष दाहालले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्