Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्स्याङ्दी गाउँपालिकामा पहिरो, एक परिवारका दुईजनाको मृत्यु

#सांकेतिक तस्विर

लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको छ । मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोले घर बगाउँदा एकै परिवारका दुईजनाको ज्यान गएको लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

ज्यान गुमाउनेमा ६० वर्षकी अभिरुपा थापा र १० वर्षका सिरक थापा रहेका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो र उपचारकै क्रममा ज्यान गयो ।

यस्तै बेसिशहर नगरपालिका–११ मा बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् । हिमालयन हाइड्रोपावरमा काम गर्ने दुई जनालाई बाढीले बगाएको र खोजी कार्य भइरहेको डिएसपी ढकालले बताए ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्