Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० किलो सुनसहित छिरिङ डन्डुप लामा र लोप्चन तेन्वे प्रकाउ

गोरखा : प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका-३ सिर्दिवासका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ।  प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलाे सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।

बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ । छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलाे सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए। गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेकोहाे।

दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो। च्याङचिनले काठमाडौं सुन पुर्‍याएबापत तीन हजार घुर्मु (नेपाली ५० हजार) दिने सहमति भएपछि उनीहरुले सुन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

संगठनप्रति इमान्दार भएर काम गरेको भन्दै सिर्दिवास चौकीका प्रहरी नायब निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार नगद २१ सयसहित सम्मान गरेको छ । खुल्ला सिमानाका कारण अवैध तरिकाले सामान ओसार पसार हुन सक्ने आशंकमा स्थानीय प्रशासनले हेलिकप्टर चेकिङमा कडाइ गरेको छ । हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्