Logo
१९ बैशाख २०८१, बुधबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा : हिजो शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासस्थित कमलनाथ कँडेलको घरमा तीजको दर खान पुगेका आफन्तहरु तालमा घुम्ने क्रममा सो दुर्घटना भएको थियो ।

कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार उद्दार टोलीले आइतबार ६ मृतकको शव तालबाट बाहिर निकालेको  छ भने शनिबार नै २ जनाको मृत्यु भएको थियो ।

मृतकहरुमा  ७ वर्षीय शंकर खनाल,  ४ वर्षीय रञ्जित गैरे, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं,  ८ वर्षीय शिव खनाल र ३२ वर्षीय रवी खनालको रहका छन् । कृष्णकुमारी बजगाईं  र जमुना गैरेको पनि मृत्यु भएको छ । कृष्णकुमारी र जमुनाको शनिबार नै उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै तालमा डुबेका सपना खनाल र निशा पौडेलको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् ।

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्