Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल विद्युत् प्राधिकरण स्थापनाको ३३ वर्ष पूरा, कुलमानको कमाण्डपछि १ अर्व नाफामा

काठमाडौं : नेपाल विद्युत प्राधिकरण स्थापनाको ३३ वर्ष पूरा गरी ३४ औँ वर्षमा प्रवेश गरेको छ । शुक्रवार राजधानीमा आयोजित ३३ औँ वार्षिकोत्सव समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो आवको तुलनामा प्राधिकरणको समग्र आयमा करीब १६ दशमलव ९८ प्रतिशत वृद्धि भएको बताए ।

विद्युत विक्री तथा अन्य श्रोतबाट आव २०७४/७५ मा प्राधिकरणले रू. ६० अर्ब ४८ करोड आम्दानी गरेको छ । अघिल्लो आवमा प्राधिकरणको कुल आम्दानी रू. ५१ अर्ब ७० करोड थियो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा रू. १ अर्ब १ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आव २०७३/७४ मा पनि प्राधिकरणले रू. १ अर्ब ३० करोड नाफा कमाएको थियो ।

कार्यकारी निर्देशक घिसिङले औद्योगिक ग्राहकहरुमा समेत लोडसेडिङ्ग अन्त्य गर्न सफल भएको बताए । सोही आवमा सुदुरपश्चिम क्षेत्रमा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना निकट भविष्यमै सम्पन्न गर्ने र ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए जलविद्युत आयोजना २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

आव २०७४/७५ मा निजी क्षेत्रका थप १५ ओटा गरी हालसम्म निजी क्षेत्रका ७५ ओटा आयोजनाबाट उत्पादित करीब ५१३ मेगावाट बराबरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भएको कार्यकारी निर्देशक घसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणको कुल ग्राहक सङ्ख्या ३५ लाख ५० हजार पुगेको छ । अघिल्लो आवमा यो सङ्ख्या ३२ लाख ६० हजार थियो ।

प्राधिकरणको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निजी क्षेत्रको दबाब र प्रभावका प्रसारण लाइन र सव–स्टेशन नबनाउने बताएका छन् । राजनीतिक नेतृत्वको दबाब र प्रभावका कारण प्राधिकरण र सरकारी आयोजना निजी क्षेत्रले बनाएको आयोजनाभन्दा महङ्गो बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्