Logo
१५ बैशाख २०८१, शनिबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडित जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

काठमाडौँ : राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताए।

सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएको बताए । त्यसैगरी सांसद कविता बोगटी, दुर्गाप्रसाद उपाध्याय र नैनकला ओझाले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्