Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी पुर्नबहालीको माग गर्दै साझा प्रकाशन कार्यालयमा धर्ना

काठमाडौं : स्वेच्छिक अवकाशको प्रलोभन देखाएर आफूहरूलाई सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै स्वेच्छिक अवकाशको नाममा विनापैसा हटाइएका कर्मचारीहरू पुर्नबहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना बसेका छन्।

२०७३ सालमा स्वेच्छिक अवकाशको नाममा साझा प्रकाशनबाट हटाइएका ती कर्मचारीले महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले सहमति अनुसार समयभित्रै उपदान नदिएकाले पुर्नबहालीको माग गरिएको बताएका छन्।

सेवा वापतको सुविधा नदिइ महाप्रबन्धक र साझा प्रशासनले आफूहरूलाई झुक्याएर हटाएको दाबी उनीहरूको छ।

पूर्व कर्मचारी आन्दोलन समितिका संयोजक धीरेन्द्रराज खनालले महाप्रबन्धक डोेलेन्द्रप्रसाद शर्माले २०७५ असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र रकम उपलब्ध गराउन नसके पुर्नबहाली गर्ने लिखित प्रतिवद्धता गरेको दाबी गरे।

कर्मचारीहरू असार ३२ गतेदेखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन्। साझा प्रकाशनका अधिकृतस्तरका २२ जना , सहायक स्तरका ६९ जना गरी १२८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए।

प्रकाशनले अवकास प्राप्त कमचारीहरुको उपदान बापत १७ करोड बराबको रुपैयाँ दिन बाँकी छ। उपदान लगायत सेवा सुविधाको माग गर्दै कर्मचारी तेस्रो पटक आन्दोलनमा उत्रिएका हन्

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्