Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत स्वतन्त्रको ७२ औँ वर्ष : लालकिलाबाट मोदीले भने-‘भारत न रुक्नेछ, झुक्नेछ, न थाक्नेछ’

भारत स्थित स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुनियाँलाई ललकार्दै भारतलाई शक्तिशाली स्थानमा लैजाने बताएका छन् । भारतको स्वतन्त्रता प्रतिक मानिनने लालकिलाबाट ८२ मिनेट लामो भाषण दिदै उनले भने-‘भारत न रुक्नेछ, झुक्नेछ, न थाक्नेछ’ । मोदीले भाषण दिरहदा भारतीय कांग्रेस पार्टीका अध्यक्ष तथा प्रतिपक्षी नेता राहुल गान्धीले समेत ताली पड्काएका थिए । भारतलाई अब नवभारत बनाउने उद्घोष गर्दै मोदीले २०२२ सम्ममा भारतीयहरु आन्तरिक्षमा पुग्दे दावी समेत गरे ।

बुधबार भारत स्वतन्त्रता दिवस मनाउँदैछ । भारत अंग्रेजको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गरिएको छ । भारतले बिहीबार ७२ औँ स्वतन्त्रता दिवस (स्वतन्त्र भएको ७१ वर्ष पूरा भएर ७२ वर्ष लागेको छ) मनाउँदैछ ।स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रमका लागि दिल्लीमा ७० हजार भन्दा बढी प्रहरी तथा १० हजारको हाराहारीमा आर्मी परिचालन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले समाजमा हिंसाका लागि ठाउँ नरहेको बताएका छन् । महात्मा गान्धीको अहिंसाको मन्त्र अहिलेको समाजका लागि अत्यावश्यक रहेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । राष्ट्रपति कोविन्दले भारतको प्राचिन बुद्धिमत्तामै अहिंसाको जरा रहेको र अहिलको २१ औँ शताब्दीमा यसको महत्व झन बढेको बताएका छन् । भारत सन् १९४७ मा अंग्रेजको शासनबाट मुक्त भएको थियो ।

त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रुपमा काम गर्न थालेको थियो । राष्ट्रपति कोविन्दले स्वतन्त्रताको अर्थ राजनीतिक स्वतन्त्रता मात्रै नरहेको बताएका छन् । सन् १९४७ मा प्राप्त भएको राजनीतिक स्वतन्त्रता रहेको र दशकौँ पछि पनि समाजका लागि अवसर र अरु विभिन्न कुराको स्वतन्त्रताको खाँचो रहेको उनले बताएका छन् ।

हरेक एकले अहिलेको समाजका लागि आवश्यक सही अर्थको स्वतन्त्रताका लागि काम गर्न सक्ने उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले दिवसको अवसरमा भारत र भारतबाहिर विश्वभर रहेका भारतीयलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथमा सबैको विकास गर्ने नारा लगाउँदै आएका छन् । तर अझै पनि देशको ठूलो हिस्साका मानिस आधारभूत आवश्यकताकै लागि समस्यामा रहेकाले पहिले उनीहरुका ती आवश्यकता पूरा गर्नुपर्ने विश्लेषकले बताउने गरेका छन् । मोदीले स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा हुने विशेष समारोहमा बुधबार सम्बोधन गर्नेछन् र अपेक्षा अनुसार उनले फेरि नयाँ वाचाहरु पनि पक्कै गर्ने छन् ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्