Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवका कार्यकर्ता जहाँ भेट्यो त्यहीं पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका गतिविधि नियन्त्रण गर्न कडाईका साथ प्रस्तुत हुन तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा नेकपाको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएलगत्तै गृहमन्त्रीको पनि निर्देशन आएको हो ।

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री थापासहित प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले विप्लव समूहको गतिविधिबारे लामो छलफल भएके थियो ।

छलफलमा नेकपाले सशस्त्र हिंसा गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुले त्यसलाई निस्तेज पार्न गृहमन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएको मन्त्रालय स्रोतले बताएको छ ।

गृहमन्त्री थापाले शान्ति सुरक्षामा असर पर्ने काम गरे नियन्त्रणमा लिन निर्देशन दिदैँ भने, ‘जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, प्रमाणसहित फेला परे कानुनबमोजिम गर्नू ’, गृहमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्नू। मुद्दा फितलो नबनाउनू ।’

नेकपालार्ई नियन्त्रणमा लिन संवादको कुनै माध्यम नअपनाई तत्काल उसका नेता, कार्यकर्ता, समर्थकलाई गिरफ्तार गर्न गृहमन्त्रीले निर्देशन दिएको स्रोतले बताको । देशभर जुन किसिमका विस्फोट तथा अराजक गतिविधि भएका छन् त्यसमा नेकपाका नेताकार्यकर्ता संलग्न रहेको मन्त्रालयसँग यथेष्ट प्रमाण रहेको पनि उनले दाबी गरे।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्