Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर वृद्धिकै कारण संघीयता खतरामा पर्नेछ : हृदयेश त्रिपाठी

काठमाडौं, २८ साउन : सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन्।
स्थानीय सरकारले मनोमानी ढंगले कर लगाउने काम गरिरहेको भन्दै उनले त्यसतर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघीयतालाई खतरामा पार्ने बताए। स्याङजामा एक जना ज्योतिषलाई पनि २ हजार कर लगाइएको भन्दै उनले भने, ‘कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने? हुँदाहुँदा अब मान्छे माथि कर लगाउने स्थिति आइसक्यो।

यस विषयमा सरकार सचेत भएन भने कसै कसैलाई लागेको होला संघीयतालाई बद्नाम गर्नलाई यो पर्याप्त छ। तर संघीयता एक्लै अब घायल हुनेवाला छैन। कर विरुद्धको आन्दोलन सुरु भइसकेको छ।

त्यसतर्फ ध्यान दिइएन भने संघीयता एक्लै मात्रै घायल हुनेवाला छैन अरु चिज पनि घायल हुनेवाला छन्। त्यसकारण सबैले आफ्नो आफ्नो इष्टदेवको फोटो लिएर रुनुपर्ने अवस्था आउला।’

हुँदाहुँदा अब मान्छे माथि कर लगाउने स्थिति आइसक्योमनोमानी ढंगले कर थोपर्ने काम भइरहेको भन्दै उनले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भन्दै तत्काल यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।

उनले संघीयताको विफलता भन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै उनले कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्