Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबूकले उठायो नयाँ कदम: फेक एकाउन्ट चलाउन मुस्किल

एजेन्सी  : संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्ममा फेक अकाउन्टलाई नियन्त्रण गर्नका लागि कदम उठाएको छ । नयाँ कदमपछि फेक एकाउन्टबाट कुनै पनि पेजको म्यानेज गर्न कठिन हुनेछ ।

कम्पनीले अमेरिकामा ठूलो संख्यामा फलोअर भएका प्रयोगकर्तासँग अथोराइजेसन मागेको छ ।’फेसबुकले भनेको छ, ‘हामी ती मानिससँग पेज पब्लिसिङ अथोराइजेसन सुरू गर्दैछौँ, जो अमेरिकामा धेरै अडियन्सका साथ पेज म्यानेज गरिरहेका छन् ।’

क्यालिफोर्नियाबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकका अनुसार जसले यस्ता पेजको म्यानेज गरेका हुन्छन्, उनीहरुले पोस्टको प्रक्रिया जारी राख्न अथराइजेसनको प्रक्रियाबाट गुज्रिनुपर्नेछ । यस्तोमा जो मानिसले फेक एकाउन्टबाट कुनै पेज म्यानेज गरेका छन् भने अब उनीहरुको संकट बढ्ने भएको छ।

नयाँ व्यवस्थापछि फेसबूकले पेव म्यानेजरलाई अकाउन्ट टु फ्याक्टर अथेन्टिकेसनमार्फत सुरक्षित गर्न भनिनेछ । अनि उनीहरूको प्राइमरी होम लोकेसन पनि कन्फर्म गर्न भनिनेछ । फेसबूकले जानकारी दिएअनुसार यो प्रक्रिया आगामी हप्ताहरूमा इन्स्टाग्राम जस्ता अन्य प्लेटफर्ममा पनि लागू गरिनेछ । फेसबूकले डेटिङ एप डिन्डर र बम्बललाई चुनौती दिनका लागि आफ्नै डेटिङ प्रोजेक्ट आफ्ना कर्मचारीहरूमाझ परीक्षण गर्न थालेको छ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्