Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुर्मुस–सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बनाउने

काठमाडौं : कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बताउने भएका छन् । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुने भएको हो ।

यसका लागि केही दिनभित्रै धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् ।

दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले यसअघि सर्वसाधारणबाट सहयोग संकलन गरेर चारवटा नमूना बस्ति निर्माण गरिसकेको छ । तर, रंगशाला निर्माणका लागि सहयोग आह्वान गर्ने–नगर्ने भन्नेबारे टुंगो नलागिसकेको मेयर दाहालले प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्