Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को सबै समूहको एकैपटक नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए  ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १.६१देखि २.० जीपीए  ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए  ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए  ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् । परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए । परीक्षा गत वैशाखमा  भएको थियो ।

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्