Logo
१५ बैशाख २०८१, शनिबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

रत्ननगर, चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।

गाैतमका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ। पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन्। सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौं पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ।

यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ। उक्तक्षेत्रमा सडक एकतर्फ बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले बताए। रासस

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्