Logo
१९ बैशाख २०८१, बुधबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफल जारी

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आईतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागत योग्य भए पनि यसमा धेरै विषय छुटेको बताएका छन् ।

बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् । यसरी धारणा व्यक्त गर्ने सदस्यहरुमा देवकी मल्ल थापा, रतनबहादुर थापा, महेशदत्त जोशी र लीलाधर भट्ट छन् । प्रदेशसभाको असार १ गतेको बैठकमा सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिएको थियो ।

आजको बैठकको प्रारम्भमा आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश आकस्मिक कोष विधेयक २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गरेका छन् ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्