Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली ६ दिने चीन भ्रमणका लागि प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि मङ्गलवार त्यसतर्फ प्रस्थान गरेका छन् । १ सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै प्रधानमन्त्री ओली हिमालय एयर मार्फत चीन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा–जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि र पत्रकार भ्रमणमा सहभागी छन् ।

प्रधानमन्त्री सहितको भ्रमण टोली असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्