Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज स्वदेश फिर्ता

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर बिहिबार बिहान स्वदेश फर्किएका छन् ।

उनले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । समझदारीपत्रमा आफू र आफ्ना मंगोलियाली समकक्षी दामदिन सोटाबाटरले हस्ताक्षर गरेको जानकारी दिँदै उनले मंगोलियाका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेको बताए ।

गत मंगलबार सम्पन्न थिंक ट्यांकको सम्मेलनले भूपरिवेष्टित विकासशील मुलुकहरुमा प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक विविधीकरण, सूचना तथा सञ्चार प्रविधिसहितको सम्पर्क विस्तार, पूर्वाधार निर्माण, पारवहन यातायात मार्ग र व्यापार सहजीकरणलाई जोड दिएको मन्त्री ज्ञवालीले बताएका छन् ।

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्