प्रतिनिधिसभाको बैठकमा समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण

Spread the love


काठमाडौँ : प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल बिहिबार पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् ।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापन लगायतका विषयमा धारणा राखेका छन् ।

Facebook By Weblizar Powered By Weblizar

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताए भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिए । त्यस्तै, सांसद खगराज अधिकारीले सडक लगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखेका छन् ।


Spread the love
नागरिक टाइम्सको ताजा अपडेट थाह पाउन तपाईं हामीसंग फेसबुक, ट्वीटरर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।