Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको उत्तरी प्रान्तमा आतङ्ककारी आक्रमणमा परी कम्तीमा १० सैनिकको मृत्यु

कुन्दुज : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् । यस आत्रमणमा परी अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् ।

कला इ जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच चौकीमा सोमबार बिहान सवेरै भएको आक्रमणपछि सुरक्षा अधिकारीहरु र तालिवान आतङ्ककारीबीच झडपमा परी १० सैनिकको ज्यान जानुको साथै अन्य पाँच घाइते भएका थिए ।

प्रान्तीय राजधानी कुन्दुज शहरको प्रान्तीय परिषदका सदस्य सेयाद असादुल्लाह सदातले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । बाघलान र तखार प्रान्तहरुको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा केही महिनायता सरकारी सुरक्षाबलसँग झडप गर्दै आएका छन् ।

यसैबीच प्राप्त एक अर्को समाचारअनुसार अफगानिस्तानको गजनी प्राप्तमा सडक किनारमा राखिएको एउटा बम सर्वसधारणको सवारी साधनसँग ठोक्किएको छ । सो घटनापछि नागरिक हताहतको आशङ्का गरिएको छ । तर यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्