Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा बढिमा एक साताभित्रै सरकारमा सहभागी हुन्छ : महासचिव झा (भिडियो सहित)

काठमाण्डौँ : राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राजपा बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ, तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन्।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने जिकिर गरे । नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथग्रहण भए त्यसको एक÷दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने सरकारमा जान्छौं।’

उनले आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि जनाए । उनले भने,‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको पनि विश्वास दिलाए । उनले भने,‘यदि हामीलाई यस्तो जिम्मेवारी आउँछ भने हामी पछि हट्दैनौं।’

https://youtu.be/xWjAJ7gsL4Q

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्