Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासन अधिकृत दासलाई अख्तियारले सुनयोजित रुपमा फसाइको खुलासा !

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश प्रसाद दासलाई बुधवार अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बर्दिबासले सुनयोजित तरिकाले पक्राउ गरेको छ । आफ्नो बा ६ च ११८६ नम्बरको कारमा चढेर घरबाट खाना खाएर कार्यालय जादैं गरेको अवस्थामा पान खान लागेका दासको गाडीमा अरु व्यक्तिबाट ५० हजार राख्न लगाई पक्राउ गरेको दावी गरिएको छ ।

पान खाएर गाडीमा बस्ने बित्तिकै अख्तियारको टोली बिचबाटोमा दास चढेको गाडीलाई घेरी खान तलासी गरेका थिए ।सुरुमा दासको शरिर चेकजाँच गर्दा पैसा भेटिएका थिएनन् । पछि कारमा तलासी गर्दा अगाडीको डिक्कीमा ५० हजार राखिएको फेला परेको थियो । पान खानेबेलामा दास चढेको गाडीमा उसकै गाउँका एक जना व्यक्ति पसेको र अख्तियार आउने बित्तिकै त्यो व्यक्ति त्याहाँबाट फरार भएका थिए ।

आफुलाई थाहा नै नदिकन त्यो व्यक्ति गाडीको डिक्कीमा पैसा हालेको दासको कथन रहेको छ । आफुले डिक्कीमा पैसा देख्दा अच्चभित भएको दासले बताए । ‘कार्यालयबाट दुई मिनेटको दुरीमा आफ्नो घर भएकाले आफु किन त्यती ठूलो रकम लिएर कार्यालय जान्छु’, दासले भने, ‘कुनै व्यक्ति कार्यालय जादाँ त्यती ठूलो रकम लिएर जाँदैनन् ।’ आफु गाडीमा चढ्नु , अख्तियारको टोली अगाडीबाट गाडी छेक्नु र गाडीमा सबार भएको व्यक्ति भाग्नु यो सब सुनियोजित हो ।

गाडीमा फेला परेको पैसाको फोटो कपी पनि अख्तियारसंग हुनुले पनि घटना सुनियोजित तरिकाले भएको मलंगवाका विरेन्द्र गुप्ताले बताए । गुप्ताको अनुसार रेड हयान्ड हुनु भनेको पैसामा राखिएको आँखाले नदेखिने रसायनिक पदार्थ हो । जुन हातमा लागेपछि पानीले हात धुदाँ पानी रातो हुनु हो । तर, सो परिक्षण नै नगरी सिधैं बयान लिई दासलाई अख्तियार लग्नुले आशंकाको भरमा राष्ट्रसेवक कर्मचारीलाई चरित्र हत्या गर्ने दुष्प्रयास भएको गुप्ताले आरोप लगाए ।

अहिले दास र उनी चढेका गाडी अख्तियारको कार्यालय बर्दिबासमा लगिएको छ । गाडीमा, घरमा, कर्मचारी कक्षमा राखिएको पैसाको अधारमा प्रक्राउ गर्ने हो भने , व्यक्तिगत रिस्वीको कारण समेत यो संख्या उल्लेख्य रुपमा बढ्ने देखिएकोले यसमा सम्बन्धित पक्ष सचेत हुनु पर्ने एक राष्ट्रसेवकको गुनासो रहेको छ । अख्तियारको यस्तो कार्यप्रति अहिले सर्लाहीको कर्मचारीहरु संशकित भएका छन् ।

यो पनि पढ्नुस् :

पचास हजार घुस सहित जिप्रका सर्लाहीका शाखा अधिकृत दास पक्राउ

 

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्