Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्णानुक्रमाअनुसार ४४७ जना नेकपा केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौं : एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ ।

तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो । हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् ।  ६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् ।  यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ ।

गत जेठ ३ गते एकता गरेका एमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् । प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् । बिष्णु पौडेल महासचिव भएका छन् । यसबाहेक एकीकृत पार्टीलेसंगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।

उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् ।  सो पार्टीले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।

यसबाहेक जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय भएको छ ।  १५ दिनभित्र यी काम पुरा हुने जनाइएको छ । नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्