Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ल खिच फोटो’ भन्दै पत्रकार सम्मेलनमा गोरे आफैले मास्क खोलेर अनुहार देखाए

काठमाडौं : लामो समयको खोजीपछि ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे प्रहरीको फन्दामा परेका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको समितिले गोरेलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा उप्रेतीको मुखमा मास्क लगाइएको थियो। तर पत्रकार सम्मेलनकै क्रममा उनले मास्क खोलेर आफ्नो अनुहार देखाए।

पत्रकारसामु उनी आक्रामक रुपमा प्रस्तुत भएका थिए। पत्रकार सम्मेलनमा ‘ल खिच फोटो’ भन्दै मास्क खोलेका थिए।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्