Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक मदिरा सेवन गरेका श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

बुटवल : बुटवलमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका बुटवल उपमहानगरपालिका वडा न. १५ चंख्खेपुरका ३५ वर्षीय रामु रानाले श्रीमती अञ्जु रानालाई कुटपटि गर्दा अञ्जुको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक केशव भटटाराईले जानकारी दिए ।

गएरातिको घटना भएपनि स्थानीयले आज प्रहरीलाई घटनाबारे खबर गरेका थिए । राति अत्यधिक मदिरा सेवन गरि घरमा पुगेका रामुले खान नपकाएको भन्दै श्रीमतीलाई काठको दाउराले कुटपटि गर्दा अञ्जुको टाउकोमा लागेर मृत्यू भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक अञ्जुका १५ वर्षीय,९ वर्षीय र ५ वर्षिया छोरा रहेका छन् । श्रीमतीको हत्या गर्ने रामु लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्