Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फैलिदैँछ खतरनाक निपाह भाइरस, अहिले सम्म ३ को मृत्यु

भारतको केरलमा खतरनाक निपाह भाइयरस फैलीरहेको छ । यसका कारण केरलमा ३ जनाको मृत्यु भइसकेको छ । त्यहाँका मानिसहरुको ब्लडमा उक्त भाइरस पाइएको छ ।

केरल सरकारले यसको समाधानको बिषयमा त्यहाँको केन्द्र सरकार सँग कुरा गरेको छ । वार्ता पछि केन्द्रीय स्वास्थ्य मंत्री जेपी नड्डाले एनसीडीसी टीमलाई अनुसन्धानका लागि केरल पठाइसकेको छ ।

इंडियन मेडिकल एसोसिएशन (आईएमए) कमेटी उक्त वायरसको बारेमा जानकारी जुटाइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार निपाह भायरस चमेरोबाट मानिस र जनावरमा सर्ने गर्दछ ।

१९९८ मा पहिलो पल्ट उक्त भाइरस मलेशियाको काग्पुङ्ग सुङ्गगई निपाहमा पाइएको थियो । त्यसै कारण यस भाइरसको नाम निपाह राखियो। अहिले सम्म उक्त भाइरसको कुनै पनि वैक्सीन बनाइएको छैन ।

निपाह भाइरसबाट बच्नको लागि खासकर खजूर खानु हुदैँन र रोगी जनावरहरुको नजिक जानु हुदैँन ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्