Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई सातादेखि राष्ट्रकवि घिमिरे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना

काठमाडौं : दुई सातादेखि राष्ट्रकवि माधव घिमिरे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन् ।

शरीरले असहज महसुस गरेपछि ९९ वर्षीय घिमिरे दुई सातादेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका हुन् । उनमा क्रोनिक ग्यास्ट्राइटिस र उच्च रक्तचापको समस्या देखिएको छ ।

घिमिरे नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी पुग्ने गरेका छन् । अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार उनको उपचारमा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा विवेक शर्मा, डा अखिलेश कश्यप लगायतका चिकित्सक संलग्न छन् ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्