Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकुमार ह्यारी र मेगन मार्कलबीच विवाह : मार्कलले ‘पतिको आज्ञा पालन नगर्ने’

बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ। विन्डसर क्यासलस्थित सेन्ट जर्ज च्यापेलमा विवाह समारोह सम्पन्न हुनेछ।

समारोहमा करिब ६ सय पाहुना र हजारौँ दर्शक उपस्थित हुनेछन्। शनिबार बिहानैदेखि सो स्थानमा विवाह समारोह हेर्न दर्शकहरुको घुइँचो लागिसकेको छ।

विवाह समारोहमा बेहुलीका पिता उपस्थित नहुने भएकाले ससुरा राजकुमार चार्ल्सले मार्कललाई समारोहसम्म डोर्‍याउनेछन्।

स्थानीय समयअनुसार १ बजे नवविवाहित जोडी बग्गीमा सवार हुनेछन्। त्यसपछि सो शाही जोडी र पाहुनाहरुका लागि सेन्ट जर्ज हलमा भोज हुनेछ। राजकुमार ह्यारी आफ्ना निकट साथीहरुलाई साँझमा अर्को भोज दिनेछन्।

नवविवाहित शाही जोडीलाई एक नजर नियाल्न करिब १ लाख मानिस सडकमा निस्किने अनुमान गरिएको छ भने टेलिभिजनमार्फत् करोडौँले यो विवाह समारोह हेर्ने बताइएको छ।

बेलायती राजपरिवारले सदस्यको विवाहलाई आफ्नो छवि सुधार्ने मौकाको रुपमा प्रयोग गर्दै आएको विश्लेषकहरु बताउँछन्।

त्यसमाथि मार्कल फिल्म क्षेत्रबाट दरबार प्रवेश गरेकोले मात्र होइन, उनी अश्वेत वंशका हुनुका साथै अमेरिकी समेत भएकोले यो विवाहलाई खास मानिएको छ।

विवाहमा केही शाही परम्परा तोडिएको छ। विवाहको वाचा गर्दा पनि मार्कलले ‘पतिको आज्ञा मान्नेछु’ भन्ने वाक्यांश बोल्ने छैनन्।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्