Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

प्रदेश नं ३ का सामाजिक विकास मन्त्रालय र भाषा आयोग काठमाडौँको संयुक्त आयोजनामा आज हेटौँडामा आयोजित प्रदेशस्तरीय भाषा गोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘ विभिन्न जातजाति र समुदायको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नका लागि युवा पुस्तालाई जिम्मेवार बनाउन भाषा आयोगले संवैधानिक भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।’

मुख्यमन्त्री पौडेलले हिमाल, पहाड, तराईमा बोलिने विभिन्न भाषाभाषीलाई एक समुदायले अर्को समुदायलाई उपेक्षा भावले तिरष्कार गर्न नहुने उल्लेख गर्दै प्रौढ पुस्ताबाट युवापुस्तालाई मातृभाषा, लिपि, कला सांस्कृतिक पक्षलाई उजागर गर्ने अभियान चलाउन स्थानीय निकायका जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।
सो अवसरामा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाले विभिन्न भाषाभाषीको लिपि र सांस्कृतिक धरोहरलाई दिगो रुपमा संरक्षण गर्न सरकारको प्रयास मात्र सम्भव नरहने उल्लेख गर्दैै भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठानले उच्चशिक्षा अध्यापनमा सहयोग गर्नुपर्ने बताए ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आदिवासी, जनजाति, लोपोन्मुख चेपाङ, सीमान्तकृत र दलित समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण गर्न र त्यसलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन आयोगले विभिन्न तहमा सुझाव संकलन गरी त्यसको दिगो व्यवस्थापनमा जोड दिइने बताए । गोष्ठीमा प्रदेश नं ३ का १३ जिल्लाका स्थानीय निकायका प्रमुख, उपप्रमुख, विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी पर्वेक्षक, शिक्षक–शिक्षिका, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि सहित २८५ जनाको सहभागिता रहेको भाषा आयोगका सचिव रामशरण सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्