Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले एकताको तयारीमा आज ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइयो

काठमाडौँ : पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।एमालेले एकताको तयारीमा आज ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्