Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पर्कबिहीन भएको मकालु एयरको विमान दुर्घटनाग्रस्त , दुईको मृत्यु

काठमाण्डौँ : सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइनको जहाज सम्पर्क्बिहिन भएको मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको वामखड्का भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार जहाज ३ टुक्रा भएको छ भने चालक दलका दुई सदस्यको मृत्यु भएको छ । उनले भने ‘सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।’ कार्गाे उडान गरेको उक्त जहाजमा पाइलट किरन भट्टराई र को पाइलट रहेका थिए ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्