Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो वट सावित्री ? जानी राखौँ यसका विशेष महत्व

काठमाण्डौँ : धार्मीक मान्यताका अनुसार वटवृक्षको जरामा भगवान ब्रह्मा, मध्यमा भगवान विष्णु र अग्रभागमा शिवको बास रहेको छ । यसैकारण वट वृक्षलाई देव वृक्ष पनि भन्ने गरीन्छ । यसका साथै देवी सावित्री पनि वट वृक्षमा प्रतिष्ठित रहने गरछिन् ।
प्रयागराजमा गंगाको किनारमा वेणीमाधवको नजिक अक्षय वट प्रतिष्ठित रहेको छ । भक्त शिरोमणि तुलसीदासले संगम स्थित अक्षय वटलाई तीर्थराजको छत्र भनेर नामांकन गरेका छन्  । यसै प्रकार पंचवटीको पनि विशेष महत्व रहेको पाइन्छ । पाँच वटको रुख भएको स्थानलाई पँचवटी भनिन्छ । भनिन्छ कि कुंभजमुनीको परामर्शमा भगवान श्रीराम, सीता एवम् लक्ष्मणले एक साथ वनवास कालमा उक्त स्थानमा बास बसेका थिए । हानिकारक गैसलाई नष्ट गरी वातावरणलाई शुद्ध बनाउने काममा वटको रुखको विशेष महत्व रहेको पाइन्छ । वटको रुखलाई औषधिको लागि पनि उत्ति नै महत्वपूर्ण मानिएको छ । यसै वटको रुखको तल सावित्रीले आफ्नो मृत पतिलाई पुनः जीवित गरेकी थिइन् । त्यती बेला देखी नै यसलाई वट सावित्री व्रतको नाम दिइएको हो ।

हरेक महिनामा मनाइने पर्वहरुमा वट सावित्री पर्वलाई एक प्रभावी व्रत मानिन्छ । भारत लगायत देशका विभीन्न जिल्लामा यो पर्व मनाइन्छ ।यस पर्वमा वट रुखको पूजा गरीन्छ र बिवाहीत महिलाले आफ्नो पतिको दिर्घआयुको कामना गर्दछिन् । सौभाग्यवती महिला श्रद्धा-भक्तिका साथ जेष्ठ कृष्ण त्रयोदशीबाट अमावस्या सम्म ३ दिन उपवास बस्छिन् ।
तीन दिवसीय वट सावित्री व्रत रविवार १३ मई बाट शुरू भई मंगलवार सम्म चल्नेछ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्