Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुटमिल पुन: सञ्चालनको लागि अध्ययन गर्ने : उद्योग मन्त्री यादव

विराटनगर : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलको पुनः सञ्चालन सम्बन्धमा अध्ययन गर्ने बताएका छन् ।

विराटनगर जुटमिलको शनिवार स्थलगत अनुगमनपछि उनले रुग्ण सरकारी उद्योगलाई सञ्चालन गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताए ।

आपूर्ति मन्त्री मातृका यादवले उद्योगको प्राविधिक अनुगमन, भ्रष्टाचार छानविन र उद्योग पुनः सञ्चालन गर्न सकिने÷नसकिनेबारे अध्ययन गर्न छानविन समिति बनाउन लागिएको अनुगमनपछि बताए ।

विराटनगर जुटमिल सरकारले सञ्चालन गर्न नसकेपछि दुईपटक निजी क्षेत्रलाई सञ्चालन गर्न दिएकामा मिल सञ्चालन गर्न नसकेपछि पछिल्लोपटक मजदूरको सहयोगमा सरकारबाट नियुक्त सञ्चालक समितिले जुटमिल सञ्चालन गर्दै आएकामा अहिले मिल बन्द रहेको छ ।

सो अवसरमा मजदूरहरुले निजी क्षेत्रबाट उद्योग सरकारलाई हस्तान्तरण गर्ने क्रममा धेरै मेसिन र सामान बेचिएकोे बताएका छन् ।

प्रकाशित मिति: May 5, 2018

प्रतिक्रिया दिनुहोस्