Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनौतीयोग्य गम्भीर समयमा पनि फेसबुकलाई निकै नाफा

सामाजिक सञ्जाल फेसबुकले सन् २०१८ को पहिलो त्रैमासिकमा गएको वर्ष भन्दा धेरै मुनाफा भएको जनाएको छ ।प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा गर्न नसकेको गम्भीर आरोप र त्यसको स्वीकारोक्तिपछि पनि फेसबुकको कारोबार यो वर्षको पहिलो त्रैमासिकमा गएको वर्षको यहि अवधि भन्दा ५० प्रतिशत कारोबार बढी भएको फेसबुकले जनाएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भनेका छन्, ‘अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नु परे पनि हाम्रो समुदाय र व्यवसायले वर्ष २०१८ मा बलियो सुरुवात गरेको छ ।’ उनले आफूहरु अहिले विस्तृत पुनरावलोकनको क्रममा पनि रहेको उल्लेख गरेका छन् । फेसबुकले यो वर्षको पहिलो त्रैमासिकमा ११.९ बिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएको जनाएको छ । गएको वर्षको यहि अवधिमा फेसबुकले ८ बिलियन अमेरिकी डलर आय गरेको थियो ।

फेसबुकले यो वर्षको पहिलो तीन महिनामा विज्ञापनबाट मात्रै ११.७ बिलियन अमेरिकी डलर आए भएको जनाएको छ । गएको वर्ष यहि अवधिमा यो ७.८ बिलियन अमेरिकी डलर थियो । यस्तै पहिलो त्रैमासिकमा आम्दानीसँगै कम्पनीको मुनाफा पनि बढेको छ । यो वर्ष मुनाफा ४.९ बिलियन अमेरिकी डलर रहेको फेसबुकले जनाएको छ । गएको वर्षको पहिलो त्रैमासिकमा फेसबुकले ३ बिलियन अमेरिकी डलर मुनाफा गरेको थियो ।

गएको मार्चमा झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग भएको आरोप लागेको थियो । त्यसपछि दुई हप्ताअघि मात्रै जुकरबर्गको अमेरिकी संसदमा सुनुवाई भएको थियो ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्