Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट निर्माणका लागि अर्थ मन्त्रालयद्वारा सुझाव माग

काठमाडौं : आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । बजेट तर्जुमा कार्य सुरु भइसकेको अवस्थामा मन्त्रालयले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव मागेको हो ।

सुझाव २०७५ वैशाख १५ गतेसम्म उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको छ । सुझावका लागि मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन ट्याब’ तथा ईमेलको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । बजेटसम्बन्धी सुझाव विभिन्न संघसंस्था, वृद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा सर्वसाधारणले पनि दिन सक्नेछन् ।

प्राप्त सुझाव संकलनपछि प्रतिवेदन तयार पारी आवश्यक सुझाब बजेट, नीति तथा कार्यक्रम निर्माणमा प्रयोग गरिने मन्त्रालयको दावी छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्