Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरमा करेन्ट लाग्दा चालक माझीको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनीमा आइतबार दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।

खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो । बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति: Mar 4, 2018

प्रतिक्रिया दिनुहोस्