Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी भवन नभएपछि मुख्यमन्त्री भट्ट भाडामा बस्ने

धनगढी : प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्ट भाडामा बस्ने भएका छन् । अस्थायी मुकाम तोकिएको धनगढी र नजिकैको अर्को सहर अत्तरियामा मुख्यमन्त्रीको आवासका लागि उपयुक्त सरकारी भवन नभएपछि निजी घर भाडामा लिने निर्णय भएको प्रमुखसचिव लक्ष्मीराम पौडेलले जानकारी दिए।

मुख्यमन्त्री भट्ट धनगढी उपमहानगरपालिका-४ मा रहेको निजी घरमा बस्नेछन् । घरभाडा लगायत विषयमा थप कुरा टुंगो लाग्न बाँकी रहेको छ ।

पहिला मुख्यमन्त्रीको आवास र कार्यालय एउटै भवनमा राख्ने कुरा थियो तर मुख्यमन्त्री भट्टले कार्यालय र आवास एउटै घरमा व्यवहारिक नहुने र धनगढीभन्दा अत्तरिया बस्न उपयुक्त हुने बताएपछि अत्तरियामा घर खोजिएको हो।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्