Logo
१५ बैशाख २०८१, शनिबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस

काठमाडौं : सरकारले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेको छ । केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । तर ओली सरकारले उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले तीनजनाको नाम सिफारिस गरेका हुन् ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्