Logo
१५ बैशाख २०८१, शनिबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसदको पहिलो बैठक फागुन २१ गते बोलाइयो

काठमाडौं : गत मसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले यहि फागुन २१ गते संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा ९३ (१) को प्रावधान बमोजिम फागुन २१ गते सोमबारका दिन दिउँसो ४ बजे अधिवेशन आह्वान गरिएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सांसदहरुले सोही दिन सपथ लिने छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो । संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

लगत्तै सरकारको सिफारिसमा निर्वाचन आयोगले मिति तोकेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने छ ।

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्